Showing posts with label NEPALI JOKES. Show all posts

CHICKEN

एकजना कुखुराफार्मको
मालिकले सबै
कुखुराहरुलाई भनेछ:
कुखुराफार्मको मालिक:- “सबैले
भोलि देखि दुई-दुई
ओटा अण्डा दिने जस्ले
दिँदैन त्यलाई म
काटिदिन्छु।”
भोलिपल्ट सबैले दुई दुई
ओटा अण्डा दिए तर

एउटाले एकदाना मात्रै
दियो र मालिकले
रिसाउँदै सोधेछ “किन
एउटा मात्र?”
जवाफमा कुखुरोले
भनेछ:-“यो पनि तपाईको डरले
मात्रै दिएको नत्र म त
भाले हुँ ।”

TEACHER AND STUDENT

शिक्षक: गृहकार्य किन नगरेको ?
धुर्मुसे : बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
धुर्मुसे: सलाई थिएन ।
शिक्षक: किन ?
धुर्मुसे: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
धुर्मुसे: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
धुर्मुसे: पानी थिएन ।

शिक्षक: अरे यार ! किन पानी थिएन त
नि ?
धुर्मुसे: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
धुर्मुसे: तेरो खप्पर !!
साला गजनी को सन्तान
अघि बिजुली थिएन भनेको हैन।

BOY AND GIRL

Boy to Girl: I love you & I want to Marry You !
Girl: ऐनामा आफ्नो अनुहार हेर्या छस् ?
Boy: हेर्या छु, त्यसैले त तँकहाँ आएँ नि, नत्र त
क्याटरिना कैफ छँदै थी नि !

RAJA RA RANI

राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने। रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो। 

म त pregnant भएछु :

स्वास्नी: तपाईंलाई एउटा कुरा सोधौं ? कुट्नु त हुन्न नी ?
लोग्ने: भन न ,,, सित्तैमा किन कुट्नु ,,,,
स्वास्नी : म त pregnant भएछु |
लोग्ने : हो र !! अनी यो त खुशीको खबर हो त ,, यस्तो खुशियालीमा पनी कुट्ने कुरा आउँछ ?
स्वास्नी : हैन की ,, तपाईं संघ बिहे हुनु भन्दा पहिला एक चोटी यस्तो कुरा सुनाउँदा बुबाले पेटी पेटीले कुट्नु भाको थियो नी,,,,,,,,,,,

LIPSTIC

स्वास्नी : यो तपाँईको सर्टमा lipstick को दाग चैं कसरी लाग्यो ?
लोग्ने : त्यही त,, म पनी छक्क परी रहेछु, दाग काहाँ बाट लाग्यो भनेर ,,, त्यती बेला त मैले सर्ट खोलेको थिएँ 

BEGGER

भिखारी : साहब, एक रुपैयाँ दिनुस् ।
साहब : तिमीलाई लाज लाग्दैन ? सडकमा उभिएर भिख माग्नलाई ?
भिखारी : अनी के तेरो एक रुपैयाँको लागि म अफिस खोलौ त ?

Student and Teacher

एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो ।
शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको घाँटी सानो हुन्छ ।
बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे,
शिक्षकः होइन, त्यो असम्भव छ ।
बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु ।
शिक्षकः अनि नर्क गएको रहेछ भने नि ?
बिद्यार्थीः सरले सोध्नु नि ।

DASHAIN ASIRBAD

DASHAIN ASIRBAD - funny neapli jokes

प्रचण्ड  झैँ  गफाडी  नहुनु ,
गिरिजा  झैँ  घमण्डी  नहुनु ,
झले  झै  तथस्ठ  नहुनु
माधव  नेपाल  झैँ  दोधारे  नहुनु ,
सेर  बाहादुर  झैँ  अनाडी  नहुनु ,
सुर्य  बाहादुर  झैँ  सैतान  नहुनु ,
ज्ञानेन्द्र  झैँ  लाचारि  नहुनु ,
फोरम  झैँ  बिखण्डनकारि  नहुनु ,
य हि छ  मेरो dashain ko subhakamana

Powered by Blogger.